राजनीति

स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री शर्मा

रेडियो नेपालमा बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “गीतसङ्गीतको प्रवद्र्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार क्षेत्रमा भएको विकासअनुरुप आफूलाई परिस्कृत गर्दै जनताको आवाज मुखरित गर्ने माध्यम बन्नुपर्छ ।”

सरकारका प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गर्दै आउनुभएकी मन्त्री शर्माले लेखकस्वका सम्बन्धमा कुनै समस्या भएमा त्यसलाई समाधान गर्न सञ्चार मन्त्रालय तत्पर रहेको बताउनुभयो ।

छलफलमा सहभागी स्रष्टा तथा कलाकारले रेडियो नेपाल गीतसङ्गीत क्षेत्रका लागि सबैको साझा चौतारी हो भन्दै स्रष्टाका सृजनालाई रेडियो नेपालले संरक्षण एवं सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा गायिका मीरा राणा, रोयल्टी समाजका अध्यक्ष तथा सङ्गीतकार सुरेश अधिकारी, सङ्गीतकार लक्ष्मण शेष, कलाकारहरू महेश खड्का, गायक सत्यराज आचार्य, धीरेन्द्र प्रेमर्शी, प्राध्यापक ध्रुवेशचन्द्र रेग्मीले राज्यले स्रष्टाको सम्मान गर्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले स्रष्टाको सम्मान गर्न रेडियो नेपाल सदैव तत्पर रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.