राजनीति

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उहाँले मनोनयन दर्ता गर्ने बताउनुभयो ।

हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री हुनुभएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइसक्नुभएको छ ।

प्रदेशसभामा कांग्रेसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।

त्यसै गरी केन्द्रीय सदस्य जीवन परियारले पनि पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार पत्रकार सम्मेलन गरी उहाँले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.