राजनीति

भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ : मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउनुभएको छ ।

मन्त्री किराती

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उहाँले बताउनुभयो । भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताउनुभयो । “हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो ।”

उहाँले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताउनुभयो । नेपाली शास्त्रीय सङ्गीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.