राजनीति

प्रचण्डलाई माधवबाट र माधवलाई प्रचण्डबाट धोका हुने भन्दै फकाउने प्रयासमा ओली

आफूबिरुद्ध खुलेर लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आपसमा फुटाउने र आफ्नो पक्षमा पार्ने कसरतमा प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली सक्रिय रहनुभएको छ ।

मंसिर २८ गते स्थायी समिति बैठक बस्दैछ र यसअघि नै आफूबिरुद्ध बलियो रहेको प्रचण्ड-नेपाल गुट भत्काउने प्रधानमन्त्री ओलीको प्रयास रहेको छ । उता प्रचण्ड-नेपाल पक्षको योजना प्रधानमन्त्रीले कुनै एक पद छोडेमा सहमतिमा जाने र त्यसका लागि प्रधानमन्त्री तयार नभए केन्द्रीय कमिटी बैठकबाटै निर्णय गर्ने रहेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार अध्यक्ष प्रचण्डसँग एक घण्टा छलफल गर्दै आफूसँग मिल्न र वरिष्ठ नेता माधव नेपालसँग सहकार्य नगर्न सुझापव दिंदै माधव नेपालबाट धोका हुनेतर्फ सचेत बनाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीसंगको छलफलपछि अध्यक्ष प्रचण्ड निकट एक नेताले नेपालबाट जुनसुकै बेलामा समेत धोका हुन सक्ने भएकाले आफूसँगै मिलेर अघि बढ्न प्रस्ताव गरेको जानकारी दिएका छन् । प्रतिउत्तरमा प्रचण्डले भने ओलीलाई बैठकमा आएर छलफल गर्न सुझाव दिनुभएको ती नेताले बताए ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागि नभै एक पत्र पठाएर प्रचण्ड प्रस्ताव खारेज नभएसम्म बैठकमा सहभागि हुन नसक्ने बताउनुभएको थियो । गत प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव भन्दै प्रधानमन्त्री तथा अध्यष ओलीमाथि आरोपहरुको भण्डार खन्याएपछि प्रधानमन्त्री ओलीले मंसिर १३ गते ३८ पृष्ठको प्रतिउत्तर प्रस्ताव सचिवालय बैठकमा राख्नुभएको थियो ।

दुई अध्यक्षको लिखित आरोप प्रत्यारोप कायमै रहेको र ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाटै हटाउने खेलमा लागेका प्रचण्ड नेपाल समूहलाई फुटाउने र एकलाई आफूसंग मिलाउने कसरतमा लाग्नुभएका प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई पनि विभिन्न प्रस्ताव राख्दै आउनुभएको छ ।

आफू निकट नेताहरुलाई प्रधानमन्त्री ओलीले नेपाल निवास कोटेश्वर पठाएर प्रस्ताव राख्ने गरेको नेपाल निकट एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री निकटका नेताहरुले माधव कमरेडलाई तपाई नै हो अबको नेता, पूर्व एमाले एक ठाउँमा हुनुपर्छ भनेर भन्ने गरेको ती नेताले बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल, परराष्ट्र मन्त्री एवम् स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य महेश बस्नेत कोटेश्वर धाइरहन्छन् ।

प्रधानमन्त्री ओलीले २८ गतेको स्थायी कमिटी बैठक अघिनै सहमतिका लागि प्रयास गरिरहनुभएको छ । त्यसका लागि उहाँले आफू निकटका नेतासँगको छलफललाई तीब्रता दिंदै प्रचण्ड र नेपाललाई टाढा बनाउने प्रयास समेत गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.