खेलफूटबल

विश्वकप फुटबल- सेमिफाइनलमा अर्जेन्टिना र क्रोयसिया तथा मोरक्को र फ्रान्स भिड्ने

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनल खेल सम्पन भएको छ । शनिबार राति सम्पन्न दुई क्वाटरफाइनलमा फ्रान्स र मोरक्को विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कतारको दोहास्थित अल थुमा रङ्गशालामा भएको पहिलो खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको छ ।

मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो ।

अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।

यसै गरी शनिबारकोा दोस्रो क्वाटरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।

फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ भने अर्को सेमिफाइनल अर्टेन्टिना र क्रोयसियाबीच हुनेछ । शुक्रबार अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोयसियाले ब्राजिललाई पराजित गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.