प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक पारित
प्रतिनिधिसभाको आइतबारको तेस्रो बैठकमा मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ मा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो संशोनसहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । संशोधनबारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो ।
विधेयक पारित गर्ने बेलामा विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बेल घेराउ गरेका थिए ।
विपक्षीहरूको विरोधका बीच प्रतिनिधिसभाको बैठक आइतबार पटकपटक स्थगन भएको थियो भने राति १०ः१५ मा सकिएको छ । प्रतिनिभिसभाको अर्काे बैठक यही जेठ १८ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।




प्रतिक्रिया राख्नुहोस्