राजनीति

असल चरित्र नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भाषा, संस्कृति, सभ्यता, परम्परालगायत सामाजिक मूल्य–मान्यता तथा भूगोल पहिचानसँग सम्बन्धित विषय भएको बताउनुभएको छ ।

काठमाडाँै युनिभर्सिटी हाइस्कुल रजत महोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित समारोहमा उहाँले सकारात्मक सोच, मानवीय मूल्य मान्यताप्रति विद्यार्थीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “समाजका मौलिक विविधता, सभ्यता, संस्कृतिको महत्वबारे विद्यार्थीलाई प्रशिक्षत गराउँदै सिर्जनशील हुन प्रेरित गर्नुपर्छ ।” आफ्नोपन, वैद्धिकचेत र व्यवहारलाई एकैसाथ लैजान सकेमा मात्रै सबैलाई लाभ हुने भन्दै उहाँले मानिसको सबैभन्दा ठूलो सम्पत्ति चरित्र निर्माण भएको बताउनुभयो ।

विद्यार्थीलाई सिर्जनशील, रचनात्मक, स्वावलम्बी, आत्मनिर्भर बन्न तथा मूल्य, मान्यता, संस्कृति, पहिचान, माटो र देशप्रति माया गर्ने शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यो नभएसम्म विद्यालयबाट जस्तोसुकै प्रमाणपत्र हासिल गरे पनि अर्थ नरहने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.