राजनीति

संसद अधिवेशन माग गर्दै नेकपा नेता राष्ट्रपति कार्यालयमा, शितल निवासले दिएन भेट

ओली-प्रचण्ड टेलिफोनमा भनाभनपछि फेरि छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपीको एकल निर्णयलाई सदर गर्दै मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि चर्किएको विवाद राष्ट्रपतिले सत्तारुढ दलका सांसदहरुलाई समेत नभेट्ने स्थितिमा पुगेको छ ।

विपक्षी दल लगायत नागरिक समाजले संसद अधिवेशन माग गरिरहेका बेला अध्यादेश जारी भएपछि सरकार सर्वसत्रावदतर्फ उन्मुख भएको आरोप लागिरहेका बेला बुधबार ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बोकेर संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा नेताा भीम रावल, पम्फा भुसाल लगायतका सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ ।

अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगे पनि उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएनन् ।

समाचार अनुसार राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न पाएका छैनन् । सचिव पौडेलको मोवाइल पनि स्वीच अफ रहेको छ । भेट नै नदिएपछि शीतल निवास पुगेका नेताहरुले आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको बताएका छन् ।

सांसदहरु संसद अधिवेशन माग गर्दै शितल निवास पुगेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ । टेलिफोनमा ओलीले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ ।

बुधबार नै दुई अध्यक्षबीच छलफल भएलगत्तै सांसदहरु शितल निवास पुगेका थिए । प्रधानमन्त्री ओलीको आग्रहमा अध्यक्ष प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनु भनेपछि फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.