राजनीति

पार्टी गतिविधि सेवाभावका साथ जनतासमक्ष लैजानुपर्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिनुभएको छ ।

बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गर्नुभयो ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिनुभयो ।

बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको उहाँले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.