प्रबास

नेपाली परिकारलाई विश्वभर चिनाए सन्तोषले- बने बिबिसि मास्टर सेफको उपविजेता

कोदोको खिर बनाएर खाना पारखीको मन जित्दै ग्राण्ड फिनालेमा पुगेका सन्तोष साह बीबीसी ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बन्नुभएको छ । बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ उपविजेतामा सीमित रहनुभयो ।



संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्र्याण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा प्रतिस्पर्धी सन्तोष ग्र्याण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिनुभएको थियो भने प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुभएको थियो ।

ग्र्याण्ड फिनालेको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदी लगायतका परिकार पकाएर चरेशको थालमा पस्किनुभएको थियो । खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गर्नुभएको थियो ।

सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोष देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् ।

१५ वर्षकै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यस क्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्टहरुबाट समेत अनुभव बटुलेका छन् ।

सम्बन्धित खबर

Back to top button