राजनीति

गिरिजा र देउवापथमा ओली

बहुमतको सरकार हुँदाहुँदै संसद विघटन गरी ताजा जनादेशमा जान भन्दै संसद विघटनको प्रस्ताव गर्नेहरुको सूचीमा प्रधानमन्त्री केपी ओली पनि पुग्नुभएको छ ।

२०४८ सालको आम निर्वाचनपछि स्व. गिरिजाप्रसाद कोइरालाले र २०५६ को निर्वाचनपछि बहुमतप्राप्त सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेका थिए । मनमोहन अधिकारी सरकारले संसद विघटनको प्रस्ताव गरे पनि अदालतले अल्पमतको उल्टाइदिएको थियो ।

अहिले झण्डै दुई तिहाई बहुमत भएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि मुलुकको राजनीति तातेको छ । विपक्षीहरु सडकमा उत्रेका छन् भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अधयक्ष प्रचण्डले प्रधानमन्त्रीले सिफारिश फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आन्तरिक कलह चर्कँदै गर्दा संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले उक्त सिफारिसबारे आइतवार नै बस्ने स्थायी समितिको बैठकमा छलफल हुने बताउँदै सिफारिस अविलम्ब फिर्ता नलिए पार्टी जुनसुकै हदमा जान सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.