खेलविविध

महिला भलिबलमा नेपालको दोस्रो जित

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिला भलिबलको साविक विजेता नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले कपक्षीय जस्तै बनेको खेलमा माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हराउँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.