राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनुहुने भएको छ ।

सरकारमा लामिछानेसहित एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।

उपप्रधानमन्न्त्री बन्नेन पक्का भए पनि लामिछानेको मन्त्रालयको टुंगो लागेको छैन । समाचार सूत्रका अनुसार लामिछानेले गृहमन्त्रालय माग्नुभएको छ भने श्रेष्ठले पनि सोही मन्त्रालय चाहनुभएको छ ।

श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिए लामिछानेले गृहमन्त्रालय पाउने पक्का छ भने एमाले उपाध्यक्षा विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी लिनुहुनेछ ।

एमालेबाट पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी रहेको छ ।

यसै गरी जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । सरकारमा पार्टी अध्यक्ष राउतको साटो उपाध्यक्ष अब्दुल खान सरकारमा जाने हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.