राजनीति

आफ्नो मात्रै चिन्ता गरेर राजनीति चल्दैन

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले आफ्नो मात्रै चिन्ता गरेर राजनीति नचल्ने भन्दै जनताका बारेमा सोच्ने राजनीति मात्र सफल हुने बताउनुभएको छ ।

शशाङ्क कोइराला

बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले जनमुखी राजनीतिका लागि नेपाली कांग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो ।

डा. कोइरालालेबीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर अगाडि बढ्नुपर्ने सुझाव दिंदै हजारौं वर्षदेखि चलिआएको नेपाली समाज समाजको निरन्तरता दिनुपर्ने स्पष्ट गर्नुभयो ।

उहाँले आज आम मानिसले बीपी कोइरालालाई किन सम्झिन्छन् भन्ने जिज्ञासा मेटाउँदै बीपी करोडपति वा अर्बपति नभए पनि उहाँले आफ्नो जीवन अरुका लागि व्यतितत गर्नुभएकाले सम्झने गरेको बताउनुभयो ।

डा. कोइरालाले मान्छे जब आफूबाट बाहिर निस्किएर जान्छ तब मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर राजनीति नचल्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.