जन सरोकार

डिएसपी ठगबहादुरको यस्तो रहेछ ठगी धन्दा, निलम्बनको सिफारिस

नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि आज गृहमन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण) मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो ।

ब्युरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो ।

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

सिआइवीको टोलीले त्यसपछि बदामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो ।

प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.