राजनीति

चिनीयाँ उपमन्त्रीले देउवालाई भने- "तपाई जसरी पनि चीन आउनुपर्छ"

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहेको चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले चीन भ्रमणको निम्तो दिएको छ ।

मंगलबार पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिनुभयो ।

भेटमा उपमन्त्री क्योले सभापति देउवालाई चीनको भ्रमण नगर्नु भएको पनि धेरै भएकाले यसपटक जसरी पनि आउनुपर्छ भन्नेमा जोड दिनुभएको थियो । उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताउनुभयो ।

उहाँले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत गर्नुभयो ।

भेटमा चिनीयाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिनुभएको छ ।

भेटमा सहभागी कांग्रेसका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अनुसार चिनियाँ टोलीले नेपालका सबै पार्टीसँग मितेरीपूर्ण सम्बन्ध राख्ने बताएको थियो । पछिल्लो पटक हुम्लामा चीनले सीमा मिचेको भन्दै कांग्रेसले विरोध गरेको थियो ।

कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत रिपोर्ट पेश गरेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र पठाएको थियो भने ग्लोबल टाइम्सले १० नोभेम्बरमा कांग्रेस भारत परस्त भएको र उसलै सीमा मिचेको अफवाह फैलाएको दाबी गरेको थियो । यो विवादका बेला नेपाल आएका चिनियाँ रक्षामन्त्रीले कांग्रेस नेताहरुसँग भेट समेत गरेका थिएनन् ।

तर सत्तारुढ नेकपामा फुट आएलगतै आएको चिनीयाँ टोलीले देउवालाई भेट्नुका साथै सीमा विवादबारे सांकेतिक रुपमा बोलेका छन् । भट्टराईका अनुसार चिनियाँ टोलीले कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धबारे चर्चा गर्ने क्रममा नेपाल–चीन सीमासम्बन्धी प्रोटोकलको आधारशीला कांग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री बीपीकै पालामा तयार भएको बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.