प्रबास

पोर्चुगलमा कोभिडबाट २७ वर्षीय नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा एक नेपालीको मृयु भएको छ । समाचार अनुसार साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत २७ वर्षीय युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको हो ।



विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताउनुभएको छ ।

सम्बन्धित खबर

Back to top button