वैद्यले आत्मालोचना गर्दै भने- “आवेशमा आए बोलें अभिव्यक्ति फिर्ता लिन्छु”
शुक्रबार बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओली विरुद्ध दिएको अभिव्यक्ति आवेगमा आएर बोलेको भन्दै आत्मालोचनासहित फिर्ता लिनुभएको छ ।
वैद्यको अभिव्यक्ति अराजक रहेको र तत्काल आत्मालोचनासहित फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएपछि शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिनुभएको हो ।
त्यसै गरी नेकपा एमालेले पनि विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्ति अराजक मात्र नभएर आपराधिक भएकाले फौजदारी अभियोग आकर्षित हुनसक्ने चेतावनी दिंदै फिर्ता लिन र आत्मालोचना चेतावनी दिएको थियो ।
गोड्से बन्न आव्हान गर्ने वैद्यको अभिव्यक्ति अराजक- कांग्रेस, फौजदारी अभियोग आकर्षित हुने एमालेको चेतावनी
बैठकमा बोल्दै वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिंसामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाउनुभएको हो ।
वैद्यले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।
शुक्रबारको बैठकमा उहाँले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्