सन् १९६६ यता कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा पुग्न नसकेको बेलायत ५५ वर्षपछि युरोकपको फाइनलमा पुगेको छ । विश्व फुटबलमा जहिल्यै महाशक्तिका रुपमा रहेको बेलायतले बुधबार राति भएको युरोकप २०२० को दोस्रो सेमिफाइनलमा डेनमार्कलाई हराउँदै इटालीसंग उपाधीका लागि भिड्न तयार भएको हो ।
बेलायतले सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै पहिलोपटक युरोकपको फालाइनलमा पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि बेलले ायतले जितेको थियो ।
वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । इटली र इंग्ल्याण्ड अपराजित रहँदै फाइनल पुगेका हुन् ।
इटलीले अहिलेसम्म खेलेको ६ वटै खेल जितेको छ । समूह चरणको तीन खेलमा कुनै गोल नखाइ जित हात पारेको इटलीले नकआउट चरणका तीन मध्ये एक खेल पेनाल्टी सुटआउट र एक खेल अतिरिक्त समयमा जितेको थियो ।
यस्तै इंग्ल्याण्डले समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो । त्यसपछि जर्मनी र युक्रेनलाई निर्धारित समयमै हराएको इंग्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो ।
युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ । यसअघि १२ टिमले फाइनल खेल्दा १० टिमले उपाधि जितिसकेको छ । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।
यस्तै १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको हो । सन् २००४ मा दुई नयाँ टिम ग्रीस र पोर्चुगल फाइनल पुगेका थिए । जहाँ ग्रीसले पोर्चुगललाई हराएर उपाधि जितेको थियो ।




प्रतिक्रिया राख्नुहोस्