जन सरोकार

मणिपाल मेडिकल कलेजमा पार्टनर बनाइदिन्छु भन्दै ठगी गर्ने भारतीय पक्राउ

आफूलाई अन्तराष्ट्रिय रेडकस सोसाइटीको निर्देशक तथा चिकित्सा व्यवसायमा संलग्न रहेको भन्दै विभिन्न व्यक्तिसंग लाखौं रुपैयाँ ठगी गरी फरार रहेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छ ।

भारत तामिलनाँडु राज्य, काडमबक्कम, चेन्नाई घर भई हाल बालुवाटार बस्ने शिवम विरुमुथु चेटियारले मणिपाल अस्पतालमा साझेदार बनाइदिने प्रलोभन देखाई रकम ठगी गरेका थिए ।

उनले मेडिकल कलेज खरिद गर्ने भारतीय शेयर होल्डरहरुसंग सम्झौता गर्नका लागि नक्कली कागजात र कुराकानी तयार गरी विभिन्न व्यक्तिसंग ५० लाख रुपैयाँ असुलेका थिए ।

अन्तर्राष्ट्रिय संस्थामा आबरुद्ध रहेको परिचयपत्र समेत देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई मंगलबार पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दै जादाँ निजले विभिन्न ब्यक्तिबाट पटक पटक गरी पचास लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानकै क्रममा अन्य ब्यक्तिहरुसंग समेत ठगी गरेको देखिएको हुँदा थप अनुसन्धान भैरहेको र आवश्यक कार्वाहीका लागि निजलाई आज महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

स्मरणीय छ चेटियार २०७२ जेठ २२ गते वैदेशिक रोजगारी सम्बन्धी कसुरमा पक्राउ परी डिल्ली बजार कारागारमा २ वर्ष कैद तथा रु ३ लाख ५० जरिवाना तिरेर रिहा भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.