युक्रेन नजान र त्यहाँबाट तत्काल स्वदेश फर्कन आग्रह
सरकारले कोही पनि नेपालीलाई युक्रेन भ्रमण नगर्न सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयले पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ।
मन्त्रालयले अति आवश्यक परी युक्रेनमै रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिएको छ ।
त्यसै गरी परराष्ट्रले अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको जनाउँदै त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परे नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न भनिएको छ।
परराष्ट्रले युक्रेनमा रहेका नेपालीहरुलाई आवश्यक सहयोगका लागि नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव श्री सहारा चौँलागाइँ, सम्पर्क नं. +491709808063, Email: [email protected] तथा सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शुशिल घिमिरे, सम्पर्क नं. +79680702815, Email: [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।




प्रतिक्रिया राख्नुहोस्