कला/मनोरन्जनकलिउड

चलचित्र ‘द सेक्रेट्स अफ राधा’को श्यामश्वेत संस्करण निफमा प्रिमियर हुने

यसै वर्षको भदौमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ लाई नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)मा श्यामश्वेत संस्करणमा प्रदर्शन गरिने भएको छ ।

द सेक्रेट्स अफ राधा

सार्वजनिक प्रदर्शनमा आइसकेको चलचित्रको ‘डाइरेक्टर कट’ स्वरुपलाई महोत्सवमा देखाउने तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी दिनुभयो । “महोत्सव संस्करण हलमा प्रदर्शन भएको भन्दा फरक छ । यहाँ व्यावसायिक पाटोको दबाब नभएको हुँदा कलात्मक पाटो हावी छ”, निर्देशक थापाले भन्नुभयो । चलचित्रलाई छायाङ्कनकै क्रममा र¬ङ्गीन र श्यामश्वेत दुई संस्करणमा खिचिएको थियो । सार्वजनिकरुपमै श्यामश्वेत संस्करण प्रदर्शन गर्ने तयारी भए पनि सम्भव भएको थिएन । अभिनेत्री सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको चलचित्रमा पतिको खोजीमा निस्किएकी पत्नीको कथा देखाइएको छ ।

यस्तै, महोत्सावमा अभिनेत्रीद्वय प्रियङ्का कार्की र माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले ‘आमा नायिका ः जिम्मेवारी र करिअर’ विषयमा चर्चा गर्ने तय भएको छ । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले अभिनेत्रीले आफ्नो मातृत्व दायित्वसँगै विविध पक्षमा चर्चा गर्ने जानकारी दिनुभयो । “हामीले चलचित्र र समाजलाई जोड्न विभिन्न सेसनको तयारी गरेका छौँ । यसले आगामी दिनमा फाइदा पुग्नेमा विश्वस्त छु”, अध्यक्ष पाठकले भन्नुभयो । जिओपलिटिक्स् (भूराजनीति)का सम्बन्धमा समेत महोत्सवमा छलफल हुनेछ ।

चलचित्रमा जिओपलिटिक्सले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रित हुने आयोजकले जनाएका छन् । ‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक सेसनमा निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा लिला न्याइच्याईं, युनेस्कोका डा रोशन यादव र प्राध्यापक खड्ग केसीले आफ्नो विचार राख्नुहुनेछ । पैँतीस देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने महोत्सवमा छनोट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन गरिनेछ । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.