राजनीति

एकीकृत समाजवादीकी नन्दा चपाईं बन्नुभयो भौतिक पूर्वाधार राज्यमन्त्री

नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिनुभएको छ ।

नन्दा चपाईं

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आइतबारै राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । राज्यमन्त्री चपाईंले आइतबारै मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.