क्रिकेटखेल

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्दै 

एसिसी प्रिमियर कपको फाइनल खेलमा आज नेपाल र यूएई भिड्दै छन्  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने बिहान ९ बजे खेल सुरु हुनेछ ।

यद्यपि आजको खेल वर्षाले प्रभावित हुने सम्भावना बढी रहेको छ  । यदि आजको  खेल वर्षाले प्रभावित भएमा खेल भोलि हुनेछ । एसिसीले मंगलबार रिर्जभ डेको व्यवस्था गरेको छ ।

नेपाल युएईलाई पराजित गरेर पहिलो पटक एसिया कप खेल्ने योजनाका साथ मैदान उत्रदैछ भने युएई पनि नेपाललाई हराउँदै चौथोपटक एसिया कपमा स्थान बनाउने सुरमा रहेको छ  ।

नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो भने दोसो सेमिफाइनल युएईले ओमानलाई डीएल मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।

जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ भने पछिल्ला तीन खेलमा नेपालले यूएईलाई हराएको छ । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.