क्रिकेटखेल

भुर्तेलको ब्याट र बल चम्किँदा पिएनजी ८५ रनले पराजित, नेपाल फाइनलमा प्रवेश

हङकङमा जारी त्रिदेशीय टी २० श्रृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार विहान सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.१ ओभरमाा १ सय १३ रन बनाउँदै अलआउट भयो ।

पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपाललाई सहज जित दिलाउन कुशल भुर्तेलको ब्याट र बल दुबै चम्केको थियो । कुशलले आफ्नो टी २० क्यारिएरको आठौं अद्र्धशतक प्रहार गरे भने बलिङमा पनि ह्याट्रिक सहित ४ विकेट लिए । त्यसै गरी प्रतिश जिसीले २, आकाश चन्द र गुल्न झाले एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल र सन्दीप जोराको अद्र्धशतकमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए भने सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

त्यसै गरी अर्का ओपनर विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए ।

विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.