जापानद्वारा काठमाडौं क्यान्सर सेन्टरलाई उपकरण हस्तान्तरण
जापान सरकारले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा रहेको काठमाडौं क्यान्सर सेन्टर (केसीसी)लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी)को अनुदान सहायता अन्तर्गत ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
८५ लाख रुपैयाँभन्दा बढी मूल्यका ती स्वास्थ्य सामग्री मंगलबार नेपालका लागि जापानी राजदूत युताका किकुताकोले एक समारोहबीच हस्तान्तण गर्नुभएको हो ।
समारोहमा राजदूत किकुताले यस सहयोगबाट क्यान्सर रोगका बिरामीहरुलाई उच्चगुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन सघाउ पुग्ने बताउनुभयो ।

सन् २०१६ मा चाँगुनारायण नगरपालिकामा स्थापना भएको काठमाडौं क्यान्सर सेन्टर विशेष क्यान्सर अस्पताल हो । सो अस्पतालले क्यान्सर रोगीहरूलाई परामर्श र उपचार प्रदान गर्दै आएको छ ।
पर्यात उपकरणको अभावका कारण जटिल शल्यक्रियाहरू गर्न असमर्थ रहेको सो अस्पतालाई जापान सरकारले दिएको सहयोगबाट चिकित्सा सेवाको उच्च मागलाई सुधार्ने विश्वास काठमाडौंस्थित जापानी दूताबासले विश्वास लिएको छ ।





प्रतिक्रिया राख्नुहोस्