राजनीति

पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भन्नुभयो,“व्यवस्थापन करार भनेको बिक्री हेइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ ।”

पर्यटनमन्त्री

मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले यस सम्बन्धमा मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । सांसद सुुवालले पर्यटनमन्त्रीसमक्ष निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपातलाई अन्त्य नगरी निगमलाई व्यवस्थापन करार दिने प्रक्रिया किन सुरु गरियो भनी प्रश्न सोध्नुभएको थियो । पर्यटनमन्त्री तामाङ्ले निगमभित्रको आर्थिक अनियमितता भ्रष्ट्राचार र पक्षमता अन्त्य गर्न मन्त्रालय दृढ रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“निगम नेपालको महत्वपूर्ण सार्वजनिक संस्थान हो ।

निगमको संस्थागत सुधार, व्यावसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउनेगरी मन्त्रालयले सुधारको पहलकदमी लिएको छ, विभिन्न समिति गठन गरेर सुझाव लिँदै कार्यान्वयनमा लगिएको छ ।”

निगमले सार्वजनिक क्षेत्र भएको हैसियतले क्षेत्राधिकारमा रहेर निगमले काम गरिरहेको, निगमले बिनाप्रतिस्पर्धा कुनैपनि निकायसँग कुनैपनि किसिमको काम नगर्ने र काम गर्नुपरे कानुनबमोजिम पारदर्शी ढङ्गले गर्ने बताउनुभयो । मन्त्री तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको र कुनै कमजोरी भएको पाइए कानुनी दायरामा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.