जन सरोकार

तेल ट्यांकरले ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सोमबार राति तेल ट्यांकरले ठक्कर दिँदा प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको छ ।

राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका परियारको परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा उपचारको क्रममा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.