संस्कृति

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी : उपाध्यक्ष घिमिरे

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।

विमला घिमिरे निर्वाचित

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको बताउनुभएको हो ।

“विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहन आग्रह पनि गर्दछु”, उपाध्यक्ष घिमिरेले सन्देशमा भन्नुभएको छ ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको स्पष्ट पार्नुभयो ।

वर्तमान सरकार पनि संविधानद्वारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको उपाध्यक्ष घिमिरेको कथन छ ।

नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदायबीचको सु–सम्बन्धलाई प्रगाढ तुल्याउन तथा नागरिकमा बढ्दै गएको निराशालाई उत्साहमा बदल्ने गरी विकास र समृद्धिको अभियानमा जुट्न उपाध्यक्ष घिमिरेले सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.