रावलको आगामी यात्रा एकीकृत समाजवादी कि नयाँ पार्टी
नेकपा एमालेले पार्टीबाट निष्काशन गरेपछि सो पार्टीका नेता भिम रावलको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको छ । रावललाई एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा आउन निमन्त्रण दिइएको छ भने उहाँको कुनै टिप्पणी छैन ।
रावल निकटहरु भने उहाँ नयाँ पार्टी खोल्नसक्ने बताइरहेका छन् । केही दिनभित्र नेकपा एमालेका अध्यक्ष केपी ओलीको भण्डाफोर गरेर देश दौडाहा निस्कने र नयाँ पार्टी घोषणा हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।
यसबीच नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले रावललाई नेकपा (एकीकृत समाजवादी)मा आउन आह्वान गर्नुभएको हो ।
भुसालले रावललाई मात्र होइन एमालेभित्र उकुसमुकुस भएर बसेका अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउँदै केपी ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने बताउनुभयो ।
एमालेभित्र प्रश्न उठाउने जो कोहीले सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै भुसालले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भए पनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको स्मरण गर्नुभयो ।
उहाँले नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ । त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो । ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो ।
त्यस्तै रावलले केपी ओलीको चाकरी नगरेका कारण पार्टीबाट निकालिएको टिप्पणी गर्दै भसालले ओलीका लागि संसारमा दुई खालका मान्छे रहेको बताउँदै एक खालका मान्छे उहाँका शत्रु तथाअर्का खालका मान्छे चाकर रहेको तर भीम रावलले चाकरी नगरेका कारण पार्टीबाट निकालिएको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्