विदेशी विद्यार्थीहरूलाई जापानी भाषामा सहयोग प्रदान गर्दै चिबा प्रान्त
जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तका स्थानीय सरकारी अधिकारीहरूले जापानी भाषामा समस्या भएका विदेशी विद्यार्थीहरूलाई थप सहयोग प्रदान गर्ने योजनामा रहेको जनाएका छन् ।
अधिकारीहरूले भाषा सहायता चाहिने विदेशी विद्यार्थीहरुका लागि यस शैक्षिक वर्षदेखि अनलाइन कक्षाहरू समावेश गर्ने योजना बनाएका हुन्।
अधिकारीहरूका अनुसार भाषा सहायता चाहिने प्राथमिक, जुनियर हाई र हाई स्कूलका विद्यार्थीहरूको संख्या विगत एक दशकमा तीन गुणाभन्दा बढी भएको छ ।
समाचार अनुसार मे २०२३ सम्ममा ३ हजार ३ सयभन्दा बढी भाषा सहायता चाहिने विद्यार्थीहरु रहेकाले विद्यालयहरूमा सहयोग गर्ने क्षमताको अभाव र जापानी भाषाका प्रशिक्षकहरू सुरक्षित गर्नु एउटा चुनौती बनेको छ।
चिबाका गभर्नर कुमागाई तोशिहितोले प्रिफेक्चरले विदेशी विद्यार्थीहरूलाई जापानको स्कूले जीवनमा छिटो अनुकूलन गर्न मद्दत गर्न चाहेको बताउनुभएको छ ।
गभर्नर तोशिहितोले केही हाई स्कूलहरूले पाठको समयमा अनुवाद एपहरू प्रयोग गर्दै पाठ्यक्रम सिर्जना गर्न सहयोगी समूहहरूसँग पनि काम गर्ने बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्