विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : देउवा
नेपाली विद्यार्थीकै लागि यहाँका शैक्षिक संस्थाहरुले आकर्षित गर्न नसकिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्नुपर्ने सुझाव दिनुभएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा सभापति शेरबहादुरदेउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
कांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
त्यस क्रममा सभापति देउवाले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने पनि सभापति देउवाको भनाइ थियो ।
विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्