‘मार्सल’को सुरक्षा घेराबीच गृहमन्त्री लेखकको स्पष्टिकरण
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध र नाराबाजीबीच गृहमन्त्री रमेश लेखकले संसदमा आफूमाथि लागेको आरोपको प्रष्टिकरण दिनुभएको छ ।
रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउनुभएको हो । मार्सलले रोष्टमको सुरक्षा गरिरहेका छन् ।
शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच सहमति भएपछि रास्वपा र राप्रपाले बिरोध गरे पनि सदन चलाउने सहमति गरे तीन दलले गरेपछि अहिले नाराबाजीकाबीच सदन चलिरहेको छ ।
आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आफू बच्चैदेखि लोकतन्त्र र सुशासनका लागि लडिरहेको भन्दै संवैधानिक निकायको काममा हस्तक्षेप नगरी सहयोग गर्ने पनि बताउनुभयो ।
त्यस क्रममा उहाँले आफू विरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको बताउँदै आफूले श्रम ऐनको ड्राफ्ट गरेको, विभिन्न मुलुकका श्रम सम्झौता गरेको पनि बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्