क्रिकेटखेल

नेदरल्यान्ड्सद्वारा नेपाल सामू जितको लागि १ सय ७५ रनको लक्ष्य

स्कटल्याण्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपाल सामू जितको लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टी–२० आई सिरिज

स्कटल्यान्डको ग्लासगो रङ्गशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । नेदरल्यान्ड्सको लागि माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ८६ रनको अर्धशतकीय पारी खेले भने रोलफ भान डर मर्वेले ३६ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले दुई विकेट लिए भने दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहको भागमा समान एक-एक विकेट रह्यो ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो ।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्यान्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो ।

नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन् । सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् ।

उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भूर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.