चक्रे मिलनसहित १९ जना धरौटीमा रिहा
काठमाडौँ जिल्ला अदालतले अभद्र व्यवहारमा पक्राउ परेका मिलन गुरुङ (चक्रे मिलन) सहितका १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
यही साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलनलाई रु ३० हजार, जीतबहादुर लामा रु १० हजार, रितिक लामा रु २० हजार, चन्द्रदेव कार्की रु १० हजार धरौटी मागिएको छ ।
यसै गरी प्रकाश गोले रु १० हजार, आमिर आलेमगर रु १० हजार, उत्तम महर्जन रु १० हजार, प्रनिश कँडेल रु १० हजार, राजु परियार रु १० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार राजेश भन्ने रोजेश खड्का रु ३० हजार, गणेशबहादुर बोगटी रु २० हजार, रोशन सुवेदी रु १० हजार, सन्दिप केसी रु १० हजार, राहुल खड्का रु १० हजार, यामु पौडेल रु १० हजार, सौरभ सुनार रु १० हजार, डिल्लीराज कँडेल रु २० हजार, सफल भन्ने सुजल शाही रु १० हजार तथा निराजन पौडेललाई रु १० हजार धरौटीमा छाडन अदालतले आदेश दिएको हो ।




प्रतिक्रिया राख्नुहोस्