क्रिकेटखेल

विश्वकप क्रिकेट लिग-२ : नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनायो ।

नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक १०० रन बनाए । उनले १४९ बलमा ३ चौका प्रहार गरे । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए । नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.