अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाल आज जित निकाल्ने योजनाको साथ मैदान उत्रदैछ भने उता नर्दन टेरिटोरी पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । नर्दन टेरिटोरीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू समावेश छन् ।
नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप जारी प्रतियोगिता खेल्न लागेको हो । अआज पहिलो खेल खेल्ने लागेको नेपालले दोस्रो खेल नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’ संग, तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्ससंग, चौथों खेल अगस्ट १९ मा होबर्ट हुरिकेन्ससंग, पाँचौं खेल मेलबर्नसँग २० अगस्टमा र अन्तिम खेल पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।
नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गरेको हो । त्यस्तै नेपालले यो प्रतियोगिता पछि आगामी भदौ १० देखि १४ गतेसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो ।
नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई-दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ । त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ ।
अस्ट्रेलियामा उक्त खेलपछि युएईमा वेस्ट इन्डिजसँग सेप्टेम्बरमा तीन खेलको टी-२० सिरिज खेल्नेछ ।





प्रतिक्रिया राख्नुहोस्