अस्ट्रेलिया टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँगको आफ्नो दोस्रो टी-२० अभ्यास खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल तीन रनले पराजित भएको हो ।
यस अघि आजै भएको पहिलो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
साउथ अस्ट्रेलियाका लागि रायन किंगले ३४ रन बनाए भने ह्यारी मनेन्टी र डानियल ड्रियुले समान २९-२९ रन जोडे । त्यस्तै होगनबोइजिमले १४ रन जोड्दा ब्राउनले अविजित १२, विन्टरले १२ र कप्तान हार्वेले ११ रन बनाए । नेपालका लागि रुपेश सिंह, करण केसी र शाहब आलमले समान दुई-दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो ।
साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्हरीर २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमात्र बनाउन सक्यो । नेपालको लागि रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन जोडे ।




प्रतिक्रिया राख्नुहोस्