गायिका इन्दिरा गोले गुरुङको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ ।”
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहनुभएकी क्यान्सरबाट पीडित गायिका गोले गायिका गोलेको बुधबार ५८ वर्षको उमेरमा ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको हो ।
नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाउनुभख्एकी गायिका गोलेको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो।
उहाँले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्