जन सरोकार

सर्वोच्च, विशेष र जिल्ला अदालतमा आगजनी हुँदा हाम्रो इतिहास भन्दै जोगाए पुरातत्व विभाग

नियन्त्रण बाहिर पुगेको ‘जेनजी पुस्ता’ आन्दोलनले सिंगै देश कब्जामा लिएको छ । प्रशासनिक भवन सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत सबैतिर आगो सल्काइएको छ ।

सोमबारको नरसंहारपछि अत्यन्त आक्रोशित भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मंगलबार सिंहदरबार, नजिकै रहेको सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतमा आगजनी गरे ।

सर्वोच्चसंगै रहेको महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका उनीहरुले पुरातत्व विभाग भने संरक्षण गरेका छन् ।

यो हाम्रो इतिहास हो, यसको संरक्षण गर्नुपर्छ भन्दै आन्दोलनमा उत्रिएकाहरु प्लेकार्ड बोकेर पुरातत्व विभागको संरक्षणमा लागेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.