राष्ट्रको अभिभावकका रूपमा भूमिका निर्वाह गरिरहेछु : राष्ट्रपति पौडेल
ठूला दलहरुले प्रतिनिधिसभा विघटन गरी गैरदलीय सरकार गठन गर्नु असंवैधानिक भन्दै बिरोध गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि आफूले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको बताउँदै सो धारणा राख्नुभएको हो ।
उहाँले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेकोले आम सहमतिबाट यो कदम चालिएको बताउँदै ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्न सबै जाग्न आव्हान गर्नुभयो ।
राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।”
समयमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको अहिलेको मुख्य कार्यभार रहेकोमाा जोड दिंदै राष्ट्रपति पौडेलले भन्नुभयो, “यो घडीमा म सबै राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिक समाजलाई असमझदारी र द्वन्द्वरहित भएर सहमति र सहकार्यका साथ निर्वाचनको सफलताको लागि क्रियाशील हुन आह्वान गर्दछु ।”

?????????? ?????
??????? ???? ??? ????????? ????, ???? ?? ?????? ?????????? ???????? ???? ??????? ???????? ?????? ????? ???????? ?????? ?????????? ????????? ?????,???????????? ????????????? ????, ????????????? ?????? ??????????? ? ?????? : ??????? ?????/????
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले आफूले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै अहिलेको अप्ठ्यारो स्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
‘नवपुस्ताको र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो सबैले मिलेर गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘मुलुक फेरि एकपटक परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ ।’
चियापान समारोहमा उपराष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश, विभिन्न दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुसहित जेनजी प्रतिनिधिहरू सहभागी थिए ।





प्रतिक्रिया राख्नुहोस्