कर्पोरेट/पर्यटन

सरकारले तोक्यो आन्तरिक उडानको भाडा (सूची सहित)

दशैं, तिहार, छठको समयमा हवाई टिकटका अत्यधिक माग हुने भएकाले आन्तरिक उडानको भाडा अनियमित किसिमले वृद्धि हुने गरेको छ । यस वर्ष पनि सोही प्रवृत्ति देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

प्राधिकरणले महँगोमा भाडादरमा हवाई टिकट बिक्री हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गर्दै सोही अनुसार वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिएको छ ।

साथै प्राधिकरणले वायुसेवा तथा सरोकारवालाहरुले चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.