नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले राष्ट्रलाई जोडेको मात्र नभए यसले अन्तर्राष्ट्रिय उचाई पाइसकेको बताउनुभएको छ ।
बिहिबार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङबाट भएको रंगशाला स्तरोन्नतिको अवलोकनका क्रममा सचिव खड्काले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा खड्काले त्रिवि क्रिकेट रंगशालाको भौतिक पूर्वाधारको काममा आर्थिक समस्या नपरोस् भन्दै सम्बन्धित पक्षको भील भरपाई समयमै गरिदिन पनि आग्रह गर्नुभयो ।
क्रिकेट रंगशालाको अधिकांश काम सम्पन्न भएको र फ्लड लाइड लडान अन्तिम चरणमा पुगेको र अबको दुई तीन हप्तामा सबै काम सम्पन्न भएर नेपाल प्रिमियर लिगका लागि तयार हुने पनि उहाँले बताउनुभयो ।
भिडियो




प्रतिक्रिया राख्नुहोस्