मुस्ताङमा रास्वपा संगठन विस्तार
फागुन २१ गतेको निर्वाचनका लागि संगठन विस्तार अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा जिल्ला भेलासहित जिल्ला समिति गठन गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो ।
भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरिप्रसाद थकाली रहनुभएको छ ।
भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ भने र्यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजक आशिक गुरुङलाई चयनन गरिएको छ ।
आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति अर्याल सहित नेताहरु शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुग्नुभएको थियो ।
पार्टी गठन भएको ४० महिनापछि मनाङमा पार्टी संरचना बनेको हो । रास्वपाको कमिटी गठन हुन बाँकी अब मनाङ र डोल्पा मात्र बाँकी रहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्