राजनीति

राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

झलनाथ खनाल

नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४औँ स्थापना दिवसका अवसरमा बुधबार साउथवेस्र्टन कलेज वसुन्धरामा आयोजित कार्यक्रममा उहाँले अहिलेको युग सुहाउँदो शिक्षा मुलुकका लागि आवश्यक भएको भन्दै राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकको हित हुने शिक्षा जरुरी रहेको र शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्नुपर्नेमा उहाँको भनाइ थियो । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउनका लागि अभिभावक सङ्घले सरकारको ध्यानाकर्षण गर्दै आइरहेको बताउनुभयो । उहाँले देशभरका ८० लाख अभिभावकको चाहना प्रविधिमूलक शिक्षामा जोड दिनुपर्छ भन्ने रहेको उल्लेख गर्नुभयो ।

सङ्घका उपमहासचिव हरिभक्त महर्जनले सुलभ, सस्तो र निःशुल्क शिक्षा मुलुकको आवश्यकता रहेको बताउनुभयो । उहाँले उत्पादनमूलक र रोजगारमूलक शिक्षामा राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.