क्रिकेटखेल

विनोदको कीर्तिमानी शतकमा आर्मीद्वारा कोशी सामू जितको लागि ३ सय ६३ रनको लक्ष्य

कप्तान विनोद भण्डारीको कीर्तिमानी शतकको सहयोगमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश सामू जितको लागि ३ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६२ रन बनाएको हो । आर्मीका लागि विनोदले १५० बलको सामना गर्दै २१ चौका र ५ छक्का प्रहार गर्दै अविजित रहँदै १ सय ८९ रनको शतकीय पारी खेले भने भीम सार्कीले ६५ बलमा ९ चौका र ३ छक्काको ८० सहयोगमा रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै तिर्थ राज दासले ३३ रन जोड्दा जितेन्द्र ठकुरीले ३१ रन बनाए ।

कोशीका लागि विपिन महतोले तीन विकेट लिए भने दिपेश कँडेल, रोहण शाह र आशिष मगरको भागमा समान एक-एक विकेट रह्यो । योसंगै विनोद पिएम कपको इतिहासमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यसअघि गत बिहिबार उनले सुदूरपश्चिमविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए ।

विनोद पिएम कपको इतिहासमा पाँच शतक प्रहार गर्ने पनि पहिलो खेलाडी बन्दा चार शतक प्रहार गरेका एपिएफका आसिफ शेख उनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.