राजनीति
रास्वपा प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रमुख सचेतक र सचेतकहरुको जिम्मेवारी तोकेको छ । बिहिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रमुख सचेतकमा कविन्द्र बुलौकोटीलाई चयन गरेको हो ।
त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको छ । यसअघि रास्वपाले १२ संसदीय समितिका सभापतिको चयन गर्दै सार्वजनिक लेखा समितिको सभपाति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्