राजनीति
कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताउनुभएको छ ।
कांग्रेस तनहुँको शनिबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले एकताको विकल्प नभएको बताउनुभयो ।
वर्तमान राजनीतिक परिवेशमा पार्टीलाई मजबुत बनाउन सङ्गठन सुदृढीकरण आवश्यक रहेको औँल्याउँदै महामन्त्री पौडेलले सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गर्नुभयो । “पार्टीभित्र आपसी सहकार्य, समन्वय र विश्वास बलियो बनाउनसके मात्रै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’ले सङ्गठनलाई नयाँ दिशा दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्