अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
मध्यपूर्व युद्ध समाप्त गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारहरूको आगमन हुनुअघि इरानका विदेशमन्त्रीले शनिबार इस्लामाबादबाट बाहिरिनुभएको छ।
विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको मध्यस्थता प्रयासमा एक प्रमुख भूमिका खेल्नुभएका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर, प्रधानमन्त्री शहबाज शरिफ र विदेशमन्त्री इशाक दारसँग भेट गर्नुभएको थियो ।
इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिनुभएको छ । उहाँले युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानविरुद्ध ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा हाम्रो देशको सैद्धान्तिक अडानबारे जानकारी गराउनुभएको छ।
पाकिस्तानी नेता डारले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “इरानी प्रतिनिधिमण्डलसँगको बैठक करिब दुई घण्टा चलेको थियो र पाकिस्तानले ‘वार्ता र कूटनीतिको महत्व’ मा जोड दिएको थियो।”
इरानको सरकारी सञ्चारमाध्यमले पाकिस्तान भ्रमणमा रहनुभएका विदेशमनत्री अराघचीले आफ्ना अडान पेश गरी इस्लामावाद छाडेको पुष्टि गरेका छन् ।





प्रतिक्रिया राख्नुहोस्