अर्थ

एक हजार तीन सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु एक हजार ३०० र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४५ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको थियो । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार सात सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.